माईकल कडेल,

तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, घाँसीकुवामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्।

डुम्रेबाट दमौलीतर्फ सिमेन्ट बोकेर आउँदै गरेको लु २ ख १५४ नम्बरको ट्रक सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा धादिङको सिद्धलेक गाउँपालिका–६ निवासी ३० वर्षीय ट्रक चालक सन्जीव मगरको मृत्यु भएको छ। दुर्घटनामा परी ट्रकका सहचालक २२ वर्षीय प्रदीप विक घाइते भएका छन्।

दुर्घटनाको थप विवरण आउन बाँकी छ।